आज मिति २०७९/०८/२४ गते शनिवारका दिन महादेव कृषि सहकारी संस्थाका अध्यक्ष श्री देवेन्द्र चाेधरीकाे अध्यक्षतामा संस्थाका शेयर सदस्य ज्यूहरु श्री जनता माध्यमिक विद्यालय, रामग्राम वडा नं १०, लक्ष्मीपूरकाे प्रांगणमा भेला भइ दाेश्राे साधारण सभा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियाे।
यस कार्यक्रममा प्रमुख अतिथी रामग्राम नगरपालिका वडा नं १० कि वडा सदस्य श्री चन्द्रधामा रैदास रहनु भएकाे थियाे र सिएलसी परियाेजना, रामग्राम नगरपालिका वडा नं १० का समाजसेवी श्री हरिनारायण चाैधरी, जनता मावि, लक्ष्मीपूरका सह प्राध्यापक श्री तिलकराम चाैधरी ज्यू, वडा सदस्य श्री सिकन्दर प्रसाद गुप्ता ज्यू, वडा सदस्य श्री उषा चाैधरी ज्यू, श्री शुभ लक्ष्मी महिला बहुउद्देश्यीय सहकारी संस्था कि अध्यक्ष श्री जाेग कुमारी चाैधरी ज्यू, भुपु वडा सदस्य श्री भगवानलाल चाैधरी ज्यू, भुपु वडा सदस्य श्री शुभावती पासी ज्यू संस्थाका संचालक समितीका सदस्य ज्यूहरु अतिथिको आसन ग्रहण गर्नुभएको थियाे।
उक्त कार्यक्रममा व्यवस्थापिका यमुनाेत्री चाैधरीले स्वागत मन्तव्य दिदै संस्थाकाे छाेटाे परिचय दिनु भएकाे थियाे। कार्यक्रममा अध्यक्ष देवेन्द्र चाैधरीले संस्थाकाे विस्तृत जानकारी गराउदै वार्षिक बजेट प्रस्तुत गर्नुभएको थियाे।