मिति २०७८-९-१०
महादेव कृषि सहकारी संस्था लि.का कृषक सदस्यहरुलाइ व्यवसायिक आलु खेति गर्नको लागि कार्यक्रमको क्रियाकलाप अन्तर्गतको दुई दिने तालिम सम्पन्न गरियो। यस तालिम कार्यक्रममा कृषि ज्ञान केन्द्रका बागवानी अधिकृत श्री मानदेव प्रसाद चौधरी, कार्यालयका सहायक प्रमुख श्री सन्तोष चौधरी, बग्वानिका सहायक प्रभिदिक श्री बिनोद श्रीवास्तव र कृषि अर्थ बिज्ञ श्री डिल्ली राज पौडेल सरहरु प्रशिक्षक रहनु भएको थियो।
तालिम कार्यक्रममा आलु लगाउने बिधि, माटोको प्रशिक्षण, आलुमा लाग्न सक्ने रोगहरु, प्रांगारिक मल बनाउने तरिका तथा आलु उत्पादनको आर्थिक पक्ष बिषयहरुमा करिब ३० जना आलु किसानहरुलाई प्रशिक्षण दिनु भएको थियो।