कृषि ज्ञान केन्द्र, नवलपरासीको समन्वयमा संचालन भएको मिसन आलु कार्यक्रमको सार्वजनिक सुनुवाई मिति २०७८-०९-२८ गते सम्पन्न गरियो। उक्त कार्यक्रममा उपस्थितिको लागि कृषि ज्ञान केन्द्रका कर्मचारी, रामग्राम नगरपालिकाको कृषि शाखाका प्रतिनिधि र वडा न १०का वडा अध्यक्ष ज्यूलाई निमन्त्रण गरिएको थियो।
यस कार्यक्रममा अध्यक्ष श्री देवेन्द्र चौधरी ज्यूले कार्यक्रममा लागेको यथार्थ लागत र पुरै कार्यक्रम को समिक्षा पेश गर्नु भएको थियो। उक्त कार्यक्रममा रामग्राम नगरपालिकाको कृषि शाखाका उपप्रमुख श्री उमेश धोबी ज्युले शुभकामना मन्तब्य राख्नु भएको थियो। सो कार्यक्रम मा आलु कृषक हरुले आफुले लगाएको आलु खेति अनुगमन गर्दै अध्यक्ष ज्यूले कार्यक्रमको समापन गर्नु भएको थियो।