मिसन आलु कार्यक्रम

महादेव कृषि सहकारी संस्था लि. ले कृषि ज्ञान केन्द्र, नवलपरासी संग समन्वय गरि मिसन आलु कार्यक्रम सुरुवात गरेको हो। लगभग ३० जना कृषकहरुको अगुवाइमा आलु क्लस्टर निर्माण गरि ६ बिघा आलु खेति गर्न सफल भएका छन्। यस कार्यक्रमको कुल लागत ४ लाख मध्ये २ लाख किसानको लगानी रहेको र २ लाख कृषि ज्ञान केन्द्र को रहेको छ।
यस आलु मिसन कार्यक्रममा कार्यक्रम को सार्वजनिकीकरण, होर्डिंग बोर्ड तयारी, कार्यक्रम को सार्वजनिक सुनुवाई, आलुको बिउ वितरण, वर्मिकम्पोस्ट मल बितरण, बिषादी वितरण, सुक्ष्म तत्व वितरण, आलु लगाउने तालिम, पम्पसेट वितरण, मोटर वितरण, इलेक्ट्रिक स्प्रेयर वितरण, देलिवरी पाइप वितरण, डिजिटल काटा वितरण जस्ता क्रियाकलापहरु सम्पन्न भएका थिए।

This article was written by macsl

Leave a Reply

Your email address will not be published. Required fields are marked *