किसानहरुलाई कृषि कर्म गर्न आधारभूत आवश्यकता भनेको मल हो तर नेपालमा कृषि कर्म गर्न प्रमुख समस्या नै मल रहिआएको छ। यस क्षेत्रमा मलको समस्यालाई समाधान गर्न यस संस्थाले दर्ता पश्चात २०७८ मै मल बिक्री वितरण गर्न रामग्राम नगरपालिकालाई निवेदन गरेको थियो। २ वर्ष पछि कागजी प्रक्रिया पुरा गरि यस संस्थाले मल विक्री वितरण गर्ने अनुमति पाएको छ।
मिति २०८०/०७/२१ गते यस संस्थाले कृषि सामग्री कम्पनी लि. शाखा कार्यालय, परासीबाट पहिलो पटक १३० बोरा डि ए पी, १० बोरा पोटास र ४ बोरा कृषि चुन खरिद गरि मिति २०८०/०७/२२ गते यस क्षेत्रमा पर्ने नदवा, मंझारिया, लक्ष्मीपुर, नौदिह्वा र लंकह्वा टोलका किसानलाई विक्री वितरण गरेको छ।
रामग्राम नगरपालिकाले यस संस्थालाई भैरहवामा रहेको साल्ट ट्रेडिङ् कर्पोरेसनबाट पनि मल खरिद गर्न सिफारिस गरेको छ। केहि कागजी प्रक्रिया बाकि रहेकोले सो प्रक्रिया पुरा गरि निकट भविष्यमा उक्त संस्थाबाट पनि मल खरिद गरि यस क्षेत्रका किसानलाई मल वितरण गर्ने भनि यस संस्थाका अध्यक्ष देवेन्द्र चौधरीले जानकारी दिनुभएको छ।