मिति २०७८-०४-१३ गते महादेव कृषि सहकारी संस्था लि.को प्रथम भेला, लंकह्वाबाट तदर्थ संचालक समिति गठन भएको हो। औपचारिक दस्ताबेज संकलन गर्दै तथा कार्ययोजना र बिधान तयार गरि यस संस्थाको औपचारिक दर्ता मिति २०७८-०५-१७ गते, रामग्राम नगरपालिकामा भएको हो। यस कृषि सहकारीको दर्ता नगरपालिकामा दर्ता फाटको कर्मचारी निर्मला अधिकारी ज्युले गर्नु भएको हो।
महादेव कृषि सहकारी संस्था, देवेन्द्र चौधरी ज्युको अध्यक्षतामा ११ सदस्य तदर्थ संचालक समिति गठन भएको थियो। साथै संस्था दर्ता गर्दा कुल सदस्य ३७ जना थिए। रु १०० प्रति कित्ता र रु १०० प्रवेश शुल्क गरि कुल रु ४०७०० को सुरुवाती लगानी मा यस संस्था को सुरुवात भएको हो। यस संस्थाको कार्यक्षेत्र रामग्राम नगरपालिकाको वार्ड न १० रहेको छ।