महादेव कृषि सहकारी संस्थाको उद्देस्य हेतु संस्थाले आफ्नो पहिलो कार्य आफ्नो शेयर सदस्यहरु लाई रामग्राम नगरपालिकाको सहयोगमा मुलाको बिउ, मटरको बिउ, पालकको बिउ, धानियको बिउ र ५० प्रतिशत अनुदानमा च्याउको बिउ वितरण गरेको थियो। साथै किसानहरुलाई रासायनिक मल आवश्यक पर्ने हुनाले पल्हिनन्दन बचत तथा ऋण सहकारी संस्था लि. संग सहकार्य गरि मल खाद व्यवस्था गरेका थियौ। संस्थाले आफ्नो सदस्यहरुलाई प्रमाणित र उन्नत जातको गोहुको बिउ पनि बिक्रि गरेको थियो।