मिति २०७८-०९-१७ गते
महादेव कृषि सहकारी संस्था लि. को पहिलो साधारण सभा मिति २०७८-०९-१७ गते सम्पन्न गरियो। उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व शिक्षा राज्य मन्त्रि श्री गोविन्द चौधरी ज्यु रहनु भएको थियो। अन्य अतिथिहरुमा रामग्राम नगरपालिकाकी दर्ता अधिकारी निर्मला पोख्रेल, रामग्राम नगरपालिका वार्ड न १०का वडा अध्यक्ष धर्म प्रसाद गुप्ता, वडा सदस्य भगवान लाल थारु, वडा सदस्य बहादुर केवट, रेडियो परासीबाट प्रबन्धक मेघराज गौतम, संस्थाका संचालक समितिका सदस्यहरु र संस्थाका शेयर सदस्य ज्युहरु पाल्नु भएको थियो।
![कृषक शेयर सदस्य द्वारा शुभकामना मन्तब्य](https://macsl.com.np/wp-content/uploads/2022/02/270766555_341476900833431_4281209320640456478_n.jpeg)
![कृषक शेयर सदस्य द्वारा शुभकामना मन्तब्य](https://macsl.com.np/wp-content/uploads/2022/02/266968703_781978216533874_4199258743241971816_n.jpeg)
संस्थाको पहिलो साधारण सभा भएकोले बिगत तिन महिनाको प्रगति प्रतिवेदन र प्रस्तावहरु अध्यक्ष श्री देवेन्द्र चौधरी ज्युले पढेर सुनाउनु भएको थियो। सो कार्यक्रममा शेयर सदस्यहरुलाई शेयर प्रमाण पत्रहरु वितरण गरिएको थियो। उक्त कार्यक्रममा कृषक शेयर सदस्य श्री गणेश शंकर चौधरी र नन्दलाल प्रशाद नाउ ज्यु हरुले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो। साथै रेडियो परासीका प्रबन्धक श्री मेघराज गौतम ज्युले सहकारिकोल महत्व र फाइदा हरुलाई प्रकाश पार्दै शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो। अन्त्यमा प्रमुख अतिथि श्री गोविन्द चौधरी ज्यु ले संस्थाको दिगोपना कायम राख्न संस्थालाई सक्रिय सदस्यहरुको आवस्यकता रहेको भनि सुझाव दिदै कार्यक्रमका अध्यक्ष श्री देवेन्द्र चौधरी ज्युले कार्यक्रम समापन गर्नु भएको थियो।
![](https://macsl.com.np/wp-content/uploads/2022/02/270263073_244638041144400_8360280312548569916_n.jpeg)
![](https://macsl.com.np/wp-content/uploads/2022/02/268312134_438723654554070_4135032957157757665_n.jpeg)
महादेव कृषि सहकारी संस्थाको पहिलो साधारण सभा कार्यक्रम को संचालन श्री जनता माध्यमिक विद्यालयकी शिक्षक आशा चौधरी ज्यूले गर्नु भएको थियो।
![](https://macsl.com.np/wp-content/uploads/2022/02/269725635_1119768142171412_4335116593189982010_n.jpeg)
![](https://macsl.com.np/wp-content/uploads/2022/02/267926833_3107549982848755_7239239121291625733_n.jpeg)
![macsl](https://macsl.com.np/wp-content/uploads/2022/02/269917340_403238538249038_3448186817396321606_n-1.jpeg)