लुम्बिनी प्रदेश, जिल्ला नवलपरासी, रामग्राम नगरपालिका द्वारा सहकारी व्यवस्थापन र कोपोमिस सम्बन्धि तिन दिने तालिम मिति २०७९/०१/२२ गते बिहिवारका दिन शुभारम्भ भएको छ। उक्त तालिम कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत श्री राकेश पाण्डे ज्युले उद्धघाटन गर्नु भएको थियो। सो कार्यक्रममा रामग्राम नगरपालिकाका बिभिन्न सहकारी संस्थाका प्रतिनिधिहरु सहभागी हुनुभएको थियो।
मिति २०७९/०१/२४ गते शनिबारका दिन रामग्राम नगरपालिकाको आयोजनामा सहकारी व्यवस्थापन शिर्षकमा तालिम सम्पन्न भयो। उक्त कार्यक्रमको संचालक नगरपालिकाका कर्मचारी श्री लक्ष्मी राई र नर्बदा हरिजन रहनु भएको थियो। र तालिमका प्रशिक्षक श्री छत्र प्रशाद धमला ज्युले रामग्राम नगरपालिका भित्र रहेका सहकारी संस्थाहरुका व्यवस्थापक र अध्यक्षहारलाई प्रसिक्षण थियो। कार्यक्रममा सहभागी रमा गौतम ज्यु संयोजक, देवेन्द्र चौधरी प्रतिवेदन लेखक रहनु भएको थियो भने सहभागी रामचन्द्र गौतम ज्युले कार्यक्रम को मुल्यांकन थियो र सहभागी अनु सुनार ज्युले कार्यक्रममा मनोरंजन गराउने भूमिका निर्वाह गर्नु भएको थियो।
आजको सहकारी व्यवस्थापन तालिम कार्यक्रम बिहानको १०:३० बजे तालिममा उपस्थित सदस्यहरुको परिचयबाट शुभारम्भ भएको थियो। शुभारम्भ लगत्तै प्रशिक्षक ज्युले सहकारी व्यवस्थापनका बिभिन्न विशयहरु अवगत गराउदै सहभागीहरुसंग अन्तरक्रियात्मक ढंगले कक्षा संचालन गर्नु भएको थियो।
तालिमको क्रममा सहभागी अनु सुनार ज्युले सुमधुर गीत गाएर सहभागीहरुको मनोरंजन गराउनु भएको थियो र सहभागी रमा गौतम ज्युले कार्यक्रम मा खाजाको व्यवस्थापन गर्नु भएको थियो।
प्रशिक्षक ज्युले आज अत्यन्तै रचनात्मक ढंगले सहकारी व्यस्थापन सम्बन्धि ज्ञानहरु बाड्दै अन्त्यमा तालिम सम्पन्न गर्नु भएको थियो। अन्त्यमा संचालक नर्वदा हरिजन ज्युले दुई जना सहभागी हरुलाई मन्तब्य राख्न लगाई कार्यक्रमको औपचारिक रुपले समापन गर्ने घोषणा गर्दै बिदा भएका थियौ।