महादेव कृषि सहकारी संस्था लि., रामग्राम – १०, लुम्बिनी, नेपाल यस क्षेत्रमा पहिलो कृषि सहकारी संस्था हो। ५ गाउँ टोल, करिब ८०० घरधुरी र करिब ३००० जनसंख्यालाइ सेवा पुर्याउने उद्देस्यले खुलेको यो सहकारी सुरवात बाटै कृषि सम्बन्धि बिभिन्न कार्यहरु संचालन गर्दै आइरहेको छ।
उद्देश्यहरु :–
१. कृषिमा आधारित रोजगारीको अवसर सृजना गरी बेरोजगार यवाहरुलाई स्वदेशमा रोजगार प्रदान गरी आर्थिक रुपमा आत्मनिर्भर बनाउने ।
२. कृषि जन्य बालिको उत्पादन कार्यमा व्यवसायिक रुपमा सदस्यहरुलाई संलग्न गराई बढि भन्दा बढि उत्पादन गराउने ।
३. पशपालन उन्नत घाँस विकास एवम् पशपालन गर्ने ।
४. डेरी संचालन गर्ने ।
५. जडिबुटि, फलफुल, तरकारी तथा अनुसन्धान, उत्पादन बजार व्यवस्थापन र खाद्यान्न समेतको कारोवार गर्ने ।
६. कृषकहरुलाई सुपथ मुल्यमा मल, विऊ र किटनासक औषधि उपलब्ध गराउने ।
७. समुदाय भित्र सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यावरण संरक्षण जस्ता क्रियाकलापको प्रर्बद्धन गर्ने ।
८. कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि हुने गरी सदस्यहरुलाई प्रोत्साहन गर्ने ।
९. कृषिजन्य सामानहरुको अनुसन्धान उत्पादन र बजार व्यवस्थापन गर्ने ।
१०. कृषकहरुको उत्थानको लागि विविध कार्यक्रम संचालन गर्ने ।
११. कृषकलाई सहकारीको साधारण सदस्यता प्रदान गरि आर्थिक कोष खडा गरि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने।
१२. सूचना प्रबिधि को प्रयोगले सदस्यहरु र सेवाग्राहीहरुलाई अनलाइन सेवा प्रदान गर्ने।
कार्यहरू :–
१. सदस्यबाट नियमित बचत संकलन गर्ने ।
२. सदस्यलाई आवश्यक परेको बेलामा सहुलिएत दरमा ऋण लगानी गर्ने ।
३. सहकारी एनको दफा २३ (१) बमोजिम संस्थाको सेयर विक्री गर्ने ।
४. सदस्यहरुको सामाजिक सुरक्षालाई सुदृढ पार्न विभिन्न संघ संस्था संग समन्वय गरी आवश्यक कार्य संचालन गर्न लगानी गर्ने ।
५. सहकारी एन नियमावली र विनियमको अधिनमा रही अन्य संघ संस्थाबाट ऋण लिने ।
६. सदस्यहरुबाट संकलित बचत सदस्यहरुको हितको नियमित उत्पादनशिल कार्यमा लगानी गर्ने ।
७. सहकारीता वारे सदस्यहरुको चेतना जगाउने क्रियाकलाप संचालन गर्ने ।
८. सदस्यहरुलाई सहकारीका मुल्य मान्यता वारे शिक्षा दिने ।
९. छरिएर रहेका स—साना श्रोत साधनको एकिकरण गरी हुने संगठित व्यवसायी शक्तिबारेमा सदस्य र सदस्य समुदायलाई जानकारी दिने ।
संस्थाको बिधान आवश्यक परेमा यस लिंकमा क्लिक गरि डाउनलोड गर्न सक्नुहुनेछ।
संस्थाको कार्यसमिति सदस्यहरु :–
१. देवेन्द्र चौधरी (९८१३१०६५५९ ) – अध्यक्ष
२. कुमारी चमारनी – उपाध्यक्ष
३. श्रवण कुमार चौधरी – सचिव
४. पुरन प्रसाद यादव – कोषाध्यक्ष
५. दलबहादुर चौधरी – सदस्य
६. हरिनारायण चौधरी थारु – सदस्य
७. कमलावती देवी उपाध्याय – सदस्य
८. शान्ति थारु -सदस्य
९. मिना चमार – सदस्य
१०. प्रभु सुनार – सदस्य
११. हरिशंकर चौधरी – सदस्य
यमुनोत्रि चौधरी (९८२७१८७०५७) – (व्यवस्थापक)