किसान आइसीटी

किसान आइसीटीको बिटा भर्जनमा लगिन गर्न यहाँ थिच्नुहोस

स्थानीय सरकारबाट प्राप्त पहिलो पुरस्कार
प्रदेश सरकारबाट प्राप्त तेश्रो पुरस्कार
संघिय सरकारबाट प्राप्त सान्तवना पुरस्कार

किसान आइसीटीका उपलब्धिहरु

किसान आइसिटी एक सफ्टवेयर हुनेछ जसलाई मोबाइल र कम्प्युटर मार्फत संचालन गर्न मिल्नेछ । यस एप मार्फत विभिन्न वर्गका किसानहरु, कृषि विज्ञहरु, व्यवसायीहरु, सरकारी निकायका पदाधिकारीहरु तथा ग्राहकहरु साइन अप गरी जुड्न सक्नेछन् । किसान आइसिटी योजना गरिब किसानहरुलाई लक्षित गरी बनाइएको हो । यो योजनाले ५ वर्षमा अधिराज्य भरी रहेका ६५ प्रतिशत नेपाली किसानहरुको करीब ६० प्रतिशतले आर्थिक स्थितीलाई सबल बनाउने अनुमान लगाएको छ ।


मिसन : सुचना र प्रविधिको माध्यमबाट दिगो कृषि तथा ग्रामिण उद्यमहरुमा नविनताको परिचय दिने ।
भिजन : दिगो कृषि अभ्यासहरु र उद्यमशिलता मार्फत ग्रामिण समुदायहरुको जिविका सुधार गर्ने ।


भ्यालुज :
क) स्थानिय ज्ञान तथा नविनताको कदर गर्ने ।
ख) वातावरण र इको सिस्टमको मान सम्मान गर्ने ।
ग) रचनात्मक, लचिलो र इनोभेटिभ रहने ।
घ) गुण, समानता र नैतिकताको कदर गर्ने ।
ड.) जोशका साथ कार्य गर्ने ।

किसान आइसिटीका उद्देश्यहरु 
१. देशभरका साना देखि ठुला किसान, कृषि विज्ञ तथा व्यवसायी, सरकार तथा ग्राहकहरुलाई एकैठाउँमा ल्याई जोड्ने । 
२. किसानहरुको कृषि उत्पादनका गतिविधिहरुको रेकर्ड राख्ने । 
३. किसानहरुका मुख्य समस्याहरुलाई छलफल गर्न प्लेटफार्म तयार गर्ने र उक्त समस्याहरुलाई संबन्धित निकाय सम्म पुर्याउन पहल गर्ने । 
४. किसानहरुलाई कृषि क्षेत्रमा अगाडी बढाउन, व्यवसायिक कृषि गर्न, कृषि अनसंधान गर्न सरकार संग समन्वय गरी आधुनिक कृषि ल्याब तथा खाद्यान्न भन्डारणको निर्माण गर्न पहल गर्ने । 
५. कृषि उत्पादन बढाई अनलाइन बजारिकरण गर्ने । 
६. आधुनिक कृषि प्रविधिहरुको ज्ञान र उपकरणहरुको परिचय दिने ।

किसान आइसिटीका उपलब्ध सेवाहरु:
किसान आइसिटीले आफ्नो अमुल्य ग्राहकहरु, कृषकहरु तथा कृषि नजिक रहेका इकाइहरुको प्रयोगकर्ताहरुलाई विशेष ध्यानमा राखि सेवा र सुविधा प्रदान गर्नेछ । कृषि पसलमा अतिरिक्त सेवा र सटर भाडा—किराया थप हुनेगरेकोले सामाग्रीको मुल्य वृद्धि हने गरेको पाइन्छ । हाम्रो एपमा सामाग्रीको अनावश्यक मुल्य कटौती गरी पसलको भन्दा किफायती मुल्य तोकिनेछ । हामीले ग्राहकको गतिविधि तथा ट्रांजैक्सनको रेकर्डहरु ट्रयाक गर्न दक्ष कामदारहरु खटाउनेछौ । अन्य सेवाहरु यस प्रकारका छन् :


१. कंटेन्ट : प्रयोगकर्ताहरुलाई कृषि संबन्धि सुचना, जानकारी तथा सामाचारहरु आकर्षक ढंगले पेश गरिनेछ ।
२. खरिद : ग्राहकहरुको ट्रांजैक्सन, कस्टमर सर्विस र प्रोडक्ट पर्चेज हिस्ट्रीको लागी रेकर्ड गरिनेछ ।
३. अंतक्र्रियात्मक ब्राउजिंग : यस कंपनीले नविन प्रविधिको प्रयोग गरी पर्सनलाइज्ड शपिंग अनुभवको निर्माण गर्नेछ ।
४. समुदाय : एपका युजरहरुलाई अंतक्र्रिया गर्नको लागी मैसेज बोर्ड, च्याट रुम तथा इमेल सुविधा प्रदान गरीनेछ ।

किसान आइसिटीलाई प्रयोग कसरी गर्ने :
किसान आइसिटी एपमा मुख्यतः प्रयोगकर्ताहरुलाई कृषि उपज खरिद विक्रि गर्न तथा कृषि संबन्धी अन्य इकाईहरुलाई एक आपसमा अंतक्र्रिया गर्न सेवा प्रदान गरिनेछ । साथै यस एप मार्फत कृषि सामाग्रीहरुको बजार मुल्य, मौसमको जानकारी, सरकारी निती तथा सुविधाहरुको जानकारी र कृषि संबन्धी सुचना, लेख, समाचार आदी प्रकाशन गर्ने सेवा पनि प्रदान गरिनेछ । किसान आइसिटी यस प्रकारले काम गर्नेछ :-


१. दर्ता : हाम्रो एप जोसकैले पनि निःशुल्क डाउनलोड गरि प्रयोग गर्न सक्नेछन् तर खरिद विक्रिको लागी हाम्रो सेवामा दर्ता हन आवश्यक छ । प्रयोगकर्ताले दर्ता गर्नको लागी निःशुल्क अनलाइन फर्म सजिलै भर्न सक्नेछन् । एपलाई अंग्रेजी र नेपाली गरी दुई भाषामा उपलब्ध गराइनेछ र प्रयोगकर्र्ताले सजिलो लाग्ने भाषा छनोट गरी सेवा—सु विधाहरुको उपभोग गर्न सक्नेछन् ।


२. खरिद : उपभोक्ताले आफुलाई आवश्यक परेका कृषि सामाग्रीहरु उपलब्ध गराइएका विभिन्न वर्गहरुबाट छनोट गरी अथवा किसान आइसिटीको सोफिस्टिकेटेड सर्च इन्जिन मार्फत खोजि गरी अर्डर गर्न सक्नेछन् । एक पटक अर्डर भएका सामाग्रीहरु किसान आइसिटीको सेवामा रेकर्ड हुनेछन् । सो ट्रांजेक्सन रेकर्डहरुको सुचना उपभोक्ताहरुलाई नियमित रुपमा इमेल तथा अनलाईन खरिद रेकर्ड मार्फत जानकारी गराईनेछ । उपभोक्तालाई उसले छनोट गरेको ठेगानामा हाम्रो लजिस्टिक टिमले खरिद सामाग्री डेलिवर गर्नेछ ।

३. विक्रि : किसानहरुले आफ्नो उपजहरुको लिस्ट विक्रिको लागी तयार गर्न सक्नेछन् । हरेक वस्तको विक्रि मार्फत वस्तु र ट्रांजेक्सनको कम्प्लेक्सिटी अनुसार २ प्रतिशत देखि १० प्रतिशत सम्म इकमर्स कमिसन फिस उठाइनेछ । साथै किसानहरुले आफना सामाग्रीहरुको विशेष प्रोमोशन र प्याकेज खरिद गरी एप मार्फत प्रोमोट पनि गर्न सक्नेछन् ।

४. अनलाइन कल्चर : विश्व भरि नै इकमर्स शपिंग प्रविधि फस्टाएता पनि नेपालमा भने यसको व्यापक रुपमा मार्केट लिन सकेको छैन । नेपालका केहि शहरहरु बाहेक अनलाइन शपिंग प्रविधीको प्रयोग हुन सकेको छैन । अनलाइन कृषि पसलहरु राजधानी मै केन्द्रित गरी बनाइएका छन् र देशका अन्य क्षेत्रलाई समेट्न सकेका छैनन् । किसान आइसिटीले देश व्यापी सेवा प्रदान गर्ने लक्ष्य बोकेकोले पुरानो ट्रेन्डलाई तोड्ने संकल्प बोकेको छ ।


५. समुदाय ः यस एपका प्रयोगकर्तालाई सामुदायिक अनुभव गराउन म्यासेज बोर्ड, च्याटरुम तथा इमेलको व्यवस्था मिलाइनेछ । कम्युनिटी सेवाले कृषि संग जोडिएका हरेक इकाईका प्रयोगकर्ताहरुलाई एक आपसमा अंतक्र्रिया गर्न तथा जिज्ञासाहरु सोधपुछ गर्न सहायता प्रदान गर्नेछ । साथै प्राविधिक त्रुटिका लागी प्रयोगकर्ताले सपोर्ट टिमलाई अनलाइन च्याट मार्फत प्रत्यक्ष उजुरी रिपोर्ट गर्न सक्नेछन् । यसै गरी ग्राहकहरुको प्रोफाइल तयार गर्न सकिनेछ जसमार्फत किसानहरुका लागी भ्याल्यु एडेड मार्केटिंग र डेमोग्राफिक डाटा तयार गर्न तथा फिडबैकहरु लिन सकिनेछ ।

६. शपिंग ः प्रयोगकर्ताहरुले आफ्नो आवश्यक्ता अनसार कृषि उतपादनका विभिन्न वर्गहरु छनोट गरी अथवा एपको सोफिस्टिकेटेड सर्च इन्जिन मार्फत कृषि सामाग्री खोजी गरी शपिंग गर्न सक्नेछन् । सामाग्रीका विलिंग शरुवातमा कैस अन डेलिवरी मार्फत ट्रांजैक्सन गरिनेछ र विस्तारै बैंकहरु संग संझौता र पेमेन्ट गेटवे विकास गरी अनलाइन ट्रांजैक्सनको व्वस्था मिलाइनेछ ।

ग्राहक
किसान आइसिटीले मुख्यतः किसानहरुलाई लक्षित गरी योजना बनाएको हो । साथै यस एप मार्फत कृषि विज्ञ र विद्यार्थीहरु, कृषि व्यवसायीहरु, सरकारी निकाय र सामान्य ग्राहकहरुले पनि सेवाको लाभ उठाउन सक्नेछन् ।
किसानहरुको मुख्य समस्या भनेको कृषि उपजको उचित मुल्य नपाउनु हो । किसानहरुले उत्पादन गरेका सामाग्रीहरु विचौलियाहरुले सस्तोमा खरिद गरी महगों दाममा बजारमा बेच्ने गर्दछन् । सरकारले प्रसारण गरेका सुचनाहरु समयमा कृषक सामु नपुग्ने गरेकोले सरकारी सेवाहरुको कृषकहरुले लाभ उठाउन सकेका छैनन् । कृषकहरुले आफुले भोगीरहेका समस्याहरु प्रत्यक्ष रुपमा सरकारलाई बताउन सकेका छैनन् ।
किसान आइसिटी एपमा विभिन्न खातावालाहरु एक आपसमा प्रतिक्रियाहरु ब्रोडकास्ट एवं पत्रचार गर्न सक्नेछन् । सो प्रतिक्रियाहरुको उचित रिपोर्ट तयार गर्ने सुविधा उपलब्ध गराइनेछ । किसान आइसिटीका ग्राहकहरुलाई निम्न प्रकारले व्याख्या गरिएको छ ।


१. कृषक : खातावाला यदि कृषक हो भने आफ्नो समस्याहरु विज्ञ संग सल्लाह तथा सुझाव लिन किसान आइसिटी मार्फत पत्रचार गर्न सक्नेछ र आफ्नो कृषि उत्पादन किसान आइसिटीमा अपलोड गरी घरमै वसी विक्री गर्न सक्नेछ । साथै आफुले विक्री गरेको उत्पादनको आय रिपोर्ट निकाल्ने सुविधा रहनेछ । किसानहरुलाई चाहिने आधुनिक उपकरणहरुको विवरण तथा सुचनाहरु नियमित रुपमा प्रकाशन हुनेछ । यसरी किसान आइसिटीले किसानहरुलाई आफुले तोकेको मुल्यमा आफुले उव्जाएको कृषि उपज ग्राहकलाई बेच्ने सुविधा दिई उचित मुल्य पाउने सविधा प्रदान गर्नेछ । साथै किसानहरुलाई आवश्यक पर्ने कृषि संबन्धि सचना र जानकारीहरु समय समयमा प्रकाशन गरी सचना व्यवस्थापनको समस्यालाई हल गर्नेछ ।


२. कृषि विज्ञ : किसानहरुलाई आवश्यक पर्ने प्राविधिक समस्याहरु कृषि विज्ञहरु मार्फत किसान आइसिटीमा प्रकाशन गरी सामाधान गर्न सकिन्छ । खातावाला यदि कृषि विज्ञ हो भने आफ्नो कृषि सम्बन्धि सल्लाह र सुझावहरु किसान आइसिटी मार्फत अन्य इकाईहरुलाई ब्रोडकास्ट तथा पत्रचार गर्न सक्नेछन् । साथै आफुलाई कुनै किसान या फार्मले नियुक्त गर्ने सुविधाको लाभ उठाउन सक्नेछन् ।


३. कृषि व्यवसायी : कृषि व्यवसायीहरुलाई व्यवसाय गर्न किसान आइसिटीले अत्यन्त राम्रो प्लेटफर्म निर्माण गर्नेछ । यस प्लेटफर्म मार्फत व्यवसायीहरु किसानहरुसंग कृषि उत्पादन खरिद गरी ग्राहकलाई बिक्री गर्न सक्नेछन् तथा आफ्नो कृषि समाग्रीहरु किसानहरुलाई एप मार्फत बिक्री गर्न सक्नेछन् । अधिराज्य भरी फस्टाउदै गएको किसान पसल प्रा. ली. जस्ता कृषि व्यवसायले हाम्रो एपको प्रयोग गर्न सक्नेछन् । किसान आइसिटीमा अर्डर गरिएका सामाग्रीहरु किसान पसललाई अगाडी बढाइनेछ र किसान पसलले सो अर्डरलाई नजिकैको स्टोर मार्फत डेलिभरीको व्यवस्था मिलाउनेछ ।


४. सरकारी निकाय : यसैगरी सरकारी निकायमा कार्यरत कर्मचारीहरुलाई आवश्यक पर्ने देशभरका किसानहरुको डाटा रिपोर्ट मार्फत पेश गर्न सकिनेछ । सो रिपोर्टबाट किसान, विज्ञ तथा व्यवसायीहरुको आर्थिक गतिविधि मापदण्ड गर्न सकिनेछ ।


५. सामान्य ग्राहक ः विचौलीयहरुले बेच्ने गरेका तरकारी तथा अन्य खाद्यान्न सामाग्रीहरु ग्राहकहरुलाई महंगो मुल्यमा बेच्ने गरेकोले किसान आइसिटीले विचौलीयालाई हटाई ग्राहकहरुलाई प्राथमिकता दिई घरमै बसी मोवाइल अथवा कम्प्युटर मार्फत ताजा तरकारी, फलफुल, दुध, माछा, मासु, चामल, दाल तथा किसानहरुले उत्पादन गर्ने सम्पुर्ण खाद्यान्न सामाग्री अर्डर गरी होम डेलिवरीको सुविधा दिनेछ ।

बजारमा किसान आइसिटी जस्तै एप तथा वेबसाइटहरु भर्खरै विकास हुन थालेका छन् । तर ती सेवाहरुले किसान आइसिटीका सबै उद्देश्यहरु नसमेटिएको देखिन्छ । कुनै एपले किसानहरुलाई आवश्यक सचना र जानकारी मात्र प्रकाशन गर्ने गर्छन् भने केहिले आफले उत्पादन गरेका कृषि उपजहरु मात्र अनलाइन बेच्ने गर्छन् । किसान आइसिटीले बोकेका उद्देश्यहरु अन्य एपहरुले भिन्न भिन्नै प्रदान गर्ने सेवाहरुको समिश्रण हो । यसरी किसान आइसिटी अन्य एपहरुबाट भिन्न छ र अरु वेबसाइटहरुले प्रदान गर्ने सेवा भन्दा मात्रामा धेरै नै विशाल छ ।

उपभोक्तालाई फाइदा


१. कटिंग एज कंटेन्ट : हाम्रा कंटेन्टहरुले उपभोक्ताहरुलाई लेखहरु अन्वेषण गर्न, नविन कृषि संबन्धि जानकारी दिन र एपमा फर्किरहन प्रेरित गर्नेछ । कंटेन्टहरु विज्ञ लेखक तथा निर्माताहरुबाट लेखिनेछन् साथै हाम्रो ब्राण्डलाई बचाउनको लागी विशेष कंटेन्ट तयार गरिनेछ ।


२. नौलो शपिंग अनभव : हाम्रो एपले उपभोक्ताहरुलाई नौलो शपिंग र भिजुअल अनभव प्रदान गर्नेछ साथै नविन प्रविधिको प्रयोग गरी उपभोक्तालाई टेक्स्चर र ट्रु कलरको अनुभव प्रदान गर्नेछ । टू—डाइमेन्सन तस्विरहरु पेश गरिएता पनि उक्त तस्विरहरुलाई हाई क्वालिटी थ्रीडी सेटिंग गरी प्रस्तुत गरिनेछ ।


३. कस्टमाइज गर्न मिल्ने : किसान आइसिटी शपिंग अंतक्र्रिया गर्नको लागी अती नै अंतक्र्रियात्मक र कस्टमाइज गर्न मिल्नेछ । हाम्रा उपभोक्ताहरु जतीनै एपको प्रयोग गर्नेछन् त्यती नै अंतक्र्रियात्मक महसस गर्नेछन् । पराना फर्किएका उपभोक्ताहरुलाई पहिचान गरी व्यक्तिगत स्वाद र खरिद अनसारका सामाग्रीहरु र कन्टेन्टहरु पेश गरिनेछन् ।


४. प्रयोगमा सहजता : हाम्रो एप किसान र उपभोक्ताहरुलाई लक्षित गर्दै प्रयोग, सामाग्रीहरुको खरिद विक्रि र अंतक्र्रिया गर्न अत्यन्त सजिलो हुने गरी बनाइनेछ । नेविगेशन, शपिंग तथा खरिद अनुभव अत्यन्त सजिलो हुनेछ जुन हाम्रा प्रतिशपर्धी एपहरुमा छ्रैन । अन्य एपहरुमा नेविगेशन गाह्रो हने र सामाग्री र कन्टेन्टहरु जथाभावी पेश गरिएका छन् । हाम्रो एपमा प्राय नेविगेशनलाइ सजिलो गराउनको लागी लेख भन्दा तस्विरहरुको प्रयोग गरिनेछ ।


५. समुदाय : किसान आइसिटीले कृषक र कृषि संबन्धी जोडिएका प्रयोगकर्ताहरुको एउटा बलीयो समुदाय तयार गर्नेछ । यो प्रत्यक्ष संचारको माध्यमले किसान, विज्ञ, विद्यार्थी तथा सरकारी निकाय विच सुचना आदान प्रदान गर्न र प्रयोगकर्ता विच आत्मियता बढाउने कार्य गर्नेछ ।

किसान र अन्य प्रायोजकलाई फाइदा


१. अत्याधिक मात्रामा योग्य खरिददार : किसान आइसिटीले हाम्रो ग्राहकहरुबाट व्योहारिक र डेमोग्राफिक डाटा कव्जा गर्नेछ । हरेक ग्राहकको प्रोफाइल डाटा हाम्रो डाटाबेसमा भविष्यको ग्राहक र ट्राफिक उत्पन्न गर्नको लागी स्टोर गरिनेछ । किसान आइसिटीले यस्ता बहमल्य जानकारी र डाटा प्रयोग गरी नविन बजार अवसरहरु उजागर गर्नेछ ।


२. व्रिक र मार्टर व्यवसाय मोडेलको प्रयोग गर्ने : किसान आइसिटी मार्फत विक्रि हुन नसकेका सामाग्रीहरुलाई ट्राफिक जेनेरेट गरी किसानहरुको पसल सम्म पुर्याउन व्यवस्था मिलाइनेछ । ग्राहकहरुलाई नजिकैको रिटेल पसलबाट खरिद गर्न आग्रह गरिनेछ ।


३. देशव्यापी वितरण : हाम्रो एपको आकर्षक युजर इन्टरफेसले किसानहरुका सामाग्रीहरुलाई देशव्यापी मार्केटिंग गर्न सहयोग गर्नेछ । साथै यस कंपनीले योग्य दर्शक र प्रयोगकर्ताहरुको अनुमान पनि लगाएकोछ ।


४. सामाग्री विज्ञापनको नौलो तरिका : हाम्रो कन्टेन्ट किसानहरुका सामाग्री संग नौलो तरिकाले तस्विर र लेखहरु संयोजन गरी पेश गरिनेछ । स्टोरफ्रन्टको प्रस्तुतिकरण प्रयोगकर्ताको स्वाद अनसार डिजाइन गरिनेछ । जस्तै ः सामाग्रीहरुको फोटोहरुमा सेलेव्रिटीहरुको फोटोहरु संग संयोजन गरेर प्रस्तुत गर्ने ।


५. विज्ञापनको आकर्षक प्याकेजहरु ः किसानका सामाग्री तथा कृषि यन्त्र र उपकरणहरुको विज्ञापनको लागी आकार्षक विज्ञापन प्याकेजहरु निर्माण गरी एप मार्फत प्रस्तुत गरिनेछ । साथै सम्भाव्य ग्राहकहरु, ठाँउ र दर्शकहरु, विशेष प्रस्तुतिकरण, विशेष लेखहरु, स्टोरफ्रन्ट स्पेसलाई लक्षित गरी प्याकेजहरु निर्माण गरिनेछ ।

बजार

किसान आइसिटीलाई सर्वप्रथम गाँउहरुमा गई सार्वजनिक रुपमा बताई तालिम दिइनेछ । उक्त एपको काम गर्ने तरिका पर्चा वितरण गरि विज्ञापन गरिनेछ । साथै समाजिक संजालमा भएका कृषकहरुलाई अनलाइन विज्ञापन गरि थाहा दिइनेछ । किसान आइसिटीले क्रिएटिभ मार्केटिंग र ट्राफिक बनाउने साइटहरु संग साझेदारी गरी एपमा ट्राफिक बढाउन र भिजिटर्सहरुको मात्रा बढाई लोएल एण्ड रिपिट कस्टमरहरुको अपेक्षा गरेको छ । तल केही मार्केटिंगका टल्सहरु व्याख्या गरिएका छन् ।


१. वर्ड अफ माउथ मार्केटिंग : किसान आइसिटीको शरुवाती समयमा किसानहरुको घरमै गई एपको तालिम दिइने व्यवस्था मिलाइनेछ । यस कंपनीले अनलाईन च्याट ग्रपहरुलाई लक्षित गरी युजरहरु बढाउने काम गर्नेछ साथै उत्कृष्ट कृषि संबन्धि जानकारी प्रकाशन गरी उपभोक्ता माझ एप प्रति रुची बढाउने काम पनि गर्नेछ । यस कंपनीले विभिन्न अनलाइन फोरमहरुमा औपचारिक — अनौपचारिक रुपमा आफ्ना सेवाहरुको प्रचार प्रसार गर्न भाग लिइनेछ ।


२. इंटर्नेट विज्ञापन : यस कंपनीले विभिन्न कृषि एप ताि वेबसाइटहरुमा विज्ञापनका लागी व्यानरहरु राखी ट्राफिक बढाउने र जागरुक्ता फैलाउने कार्य गर्नेछ । हाम्रा विज्ञापनहरुले विशेष गरी किसानहरु र सामान्य उपभोक्ताहरुलाई लक्षित गर्नेछ ।


३. इन्टर्नेट म्युचुअल लिन्क : अधिक कंटेन्ट भएका एप तथा साइटहरुमा हाम्रो कंपनीको वेब लिंकहरु साटा—साट गरी विज्ञापन गरिनेछ । यसरी हाम्रो वेबसाइट द्धारा हाम्रो एपको युजरहरु बढ्ने सम्भावना हुनेछ ।


४. पब्लिक रिलेसन : किसान आइसिटीले जगरुक्ता र ट्राफिक बढाउनको क्ष्लाग िचलिरहेको पब्लिक रिलेसन क्यांपेनको प्रयोग गर्नेछ । यसको लागी हामीले अधिराज्य भरिका अनलाइन र प्रिन्ट मिडिया हरुलाई फोकस गर्नेछौ । हाम्रो कंपनीको संपर्कहरु द्धारा हामीले पब्लिक रिलेसन फर्मलाई नियुक्त गरी कृषि क्षेत्र संग जोडिएका इकाईहरुलाई लक्षित गरी आफ्नो बजार विस्तार गर्नेछौ ।

किसान आइसिटीको लागी लक्षित ग्राहकहरुको निम्न विशेषताहरु बोकेका हनेछन् :
       १. सामान्य ग्राहक — इकमर्स साइटको ज्ञान भएको ।
       २. कृषक — प्रविधी संग संयोजन गरी अगाडी बढ्ने संकल्प बोकेको ।
       ३. कृषि विज्ञ — अन्य कृषि इकाईहरुलाई इन्टर्नेट मार्फत सहयोग—सुविधा प्रदान गर्न सक्ने ।
       ४. कृषि व्यवसायी — अनलाइन व्यापार गर्न रुचाउने ।
       ५. कृषि विद्यार्थी — जिज्ञासा र सुझावहरु अनलाइन हेर्न रुचाउने ।
       ६. सरकारी निकाय — इनटर्नेट मार्फत कृषकहरुको डाटा संकलन गर्न सक्ने ।

डेमोग्राफिक विशेषता अनुसार किसान आइसिटीको लक्षित ग्राहकहरुमा कृषकहरुको विस्तृत दृश्य निम्न प्रकारको छ : 
	१. ७० प्रतिशत महिला, उमेर ३५—४५ वर्ष, ३० प्रतिशत परुष
	२. औषत उमेर ४० वर्ष
	३. ८० प्रतिशत साक्षर
	४. १०० प्रतिशत वैवाहित
	५. औषत वार्षिक आम्दानी रु. ७२०००।००
	६. ५० प्रतिशत फोन भएको
	७. १० प्रतिशत इन्टर्नेट चलाउने

बजार विशेषता र चलनहरु


१. अनलाईन साइटका सफलता : विगतका दिनहरुमा अनलाइन एप र साइटहरुले ख्याती प्राप्त गर्दै आएको हामी सबैमा अवगत नै छ । नेपालको संदर्भमा कृषि संबन्धी एप र साइटहरु संचालनमा भएता पनि देशव्यापी भने बजार ओगट्न सकेको छैन ।


२. आधुनिक र नविन प्रविधी : आधुनिक र नविन प्रविधीले उपभोक्ताहरुलाई सुन्दर र आकर्षक प्रस्तुतिकरण अनुभव साकार पारेको छ । ३—डी ग्राफिक्स, मल्टी मिलियन रंगहरु, इंटर्एक्टिव टिवी र ब्रोडबैण्ड प्रविधीले नयाँ र उत्सुक व्यवसाय उजागर गरेको छ जसले अहिले चलिरहेको अनुभवहरुलाई चुनौती दिएका छन् ।


३. ब्रिक र मार्टर मेगेजिनको प्रवेश : पुराना प्रिन्ट पत्रिकाहरुले विस्तारै इंटर्नेट मैगजिन र आम्दानीका श्रोतहरु बनाउन थालिसकेका छन् ।


४. धधध उपभोक्ताहरुको बढ्दो संख्या : केटिएम टडेको तथ्यांक अनसार नेपालको ६३ प्रतिशत जनसंख्याले इंटर्नेटको अनुभती गरिसकेको र हरेक घण्टा २५० जना इंटर्नेट प्रयोगकर्ता थपिदै गरेको जानकारी सार्वजनिक गरेको छ ।


५. कृषि क्षेत्र सुचना — प्रविधी देखी टाँढा रहेको : अन्य क्षेत्रमा प्रविधीले जति ख्याती प्राप्त गरेता पनि कृषि क्षेत्रमा भर्खरै प्रवेश गरेको विभिन्न कृषि लेखहरु मार्फत जानकारी छ । किसान आइसिटीले इंटर्नेट मार्फत व्यवसाय गर्ने र पुरानो तरिकालाई बदल्ने संकल्प बोकेको छ ।

मुख्य संसाधन


किसान आइसिटी एप बनाउन चाहिने मुख्य श्रोत भनेको कम्प्यटर प्रोग्रामर हो । यस एपलाई विकास गर्न ५ जना कम्प्युटर प्रोग्रामर मानव श्रोतहरुको आवश्क्ता पर्नेछ । यसका लागी अनलाइन विज्ञापन गरी श्रोतहरुको पुर्ती गरिनेछ । यस कम्पनीको मुख्य कार्यालय नवलपरासी जिल्लाको सदरमकाम परासीमा सेटअप गरिनेछ । व्यवस्थापन टोलीमा दक्ष र अनुभवी कार्यकारीहरु हनेछन् जसले कृषि र इंटर्नेट उद्योगलाई सफल बनाउन महत्वपर्ण भुमिका खेल्नेछन् । कम्पनीको फण्डिंगको पहिलो राउण्डमै, कम्पनीले फुल टाइम स्टाफ नियक्त गरी व्यवसायलाई नितीगत ढंगले कार्यान्यवन गर्नेछ । अन्य श्रोतहरुमा कार्यालय, लैपटप, कृषि विज्ञ, कृषि ज्ञान केन्द्र, स्थानिय सरकार, किसान पसल, आदी पनि पर्दछन् ।

लागत

किसान आइसीटीको लागत इस्टिमेट जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस। इमेल : i@dewendra.com.np, macslward10@gmail.com, मोबाइल : ९८१३१०६५५९

राजस्व

किसान आइसिटीले यस प्रकारले राजस्व संकलन गर्ने योजना बनाएको छ ।
१. इकमर्स कमिसन : उपभोक्ताहरुले हाम्रो इकमर्स पोर्टल द्वारा सामाग्रीहरु क्लिक गरी खरिद गर्नेछन् । किसान आइसिटीले सामाग्रीको विक्रि—वितरण गरेवापत १ देखि १० प्रतिशत सम्म कमिसन उठाउनेछ ।

२ स्पोन्सरशिप : कम्पनीले केही समुहहरुको लागी कस्टम स्पोन्सरशिप प्याकेजहरु उपलब्ध गराउनेछ । महिनावारी फिस जम्मा गरेवापत स्पोन्सरहरुलाई विशेष विज्ञापन, फ्रन्टस्पेस सुविधा तथा कंटेन्ट इंटेग्रेसनका सेवाहरु उपलब्ध गराउनेछ ।

३. विज्ञापन : विज्ञापन दिनेहरुले विज्ञापन, विशेष लेख र लिंक प्लेसमेंट स्वरुप फिस उपलब्ध गराउनेछन् । विज्ञापनका दरहरु पर्फरमेन्स अथवा सिपिएम विधिमा आधारित रहनेछन् । विज्ञापनले हाम्रो एपमा ट्राफिक बढाउनेछ र आम्दानी वृद्धि गर्न सहयोग गर्नेछ । शरुवातमा किसान आइसिटीमा व्यानरहरु अन्य साइटहरु बार्टर गरी राखिनेछ ।

किसान आइसिटीमा ट्राफिक बढ्दै गयो भने व्यानरहरु वेच्न थालिनेछन् । किसान आइसिटीको डाटावेसमा पर्याप्त ग्राहकहरुको प्राथमिकता र खरिद इतिहास विकास हने क्रममा अन्य कंपनीहरुलाई विशेष दरमा विज्ञापन वेच्न सकिनेछ ।
किसान आइसिटीले आफ्नै ब्राण्डको एप र बजार बनाउने उद्देश्य बोकेको छ । शरुवातमा अनलाइन मर्चेंटहरु संग कनै फिस लिइनेछैन । यसले गर्दा हाम्रो एपमा छिट्टै विश्वास र मान कमाउन सकिनेछ । एप लंचको १ वर्ष पछि कंपनीले सेवाहरुको मुल्य तोक्ने अपेक्षा गरेको छ । कंपनीले अधिक आम्दानी प्रोडक्ट लिस्टिंग स्पोंसर फिस मार्फत आय आर्जन गर्ने अपेक्षा बोकेको छ ।
किसान आइसिटीले पहिलो वर्ष नेपालमा रहेका कमसेकम १ हजार किसानहरुको सामाग्री प्रत्यक्ष ग्राहकहरु समक्ष निशुल्क वितरण गर्ने व्यवस्था मिलाउनेछ । किसानहरुले विक्री गर्ने प्रति केजी—लीटर रु. ३० भन्दा बढी पर्ने सामाग्रीमा रु. २ राजस्व लिने नियम बनाउनेछ । यसरी किसान आइसिटीले दोश्रो वर्ष लगभग २००० कृषकहरु जोडी रु. ४०,००,०००।०० (१०००केजीह्२रुपैयाह्२०००कृषक) आम्दानी गर्ने अनुमान लगाएको छ । तेश्रो वर्ष ५ हजार किसानहरुलाई सहभागिता गराई लगभग रु. १,००,००,०००।०० र चौथो वर्ष १० हजार कृषकहरुलाई सहभागिता गराई रु. २,००,००,०००।०० आम्दानी गर्ने अनुमान लगाएको छ ।

समुह विवरण

यस कम्पनीले कृषि क्षेत्रका विभिन्न कार्यहरुलाई प्रयोग गरी विषयलाई नजिकबाट अध्ययन र अनुसंधान गर्दै आएको छ । अनुसंधानको क्रममा डेरी फार्म, माछा फार्म तथा जैविक तरकारी फार्ममा पुर्ण समय दिई सघाई दिने वैदेशिक रोजगारबाट फर्किएका आफ्नै दाईहरु र ठलो बवा हुनुहन्छ । हाल यस कम्पनीको मुख्य संचालकको रुपमा म एक्लै भएता पनि घरकै परिवारले सो काममा धेरै नै सहयोग पुर्याएकोमा आभार प्रकट गर्दछु ।
संचालक सदस्यको नाम : देवेन्द्र चौधरी
ठेगाना : रामग्राम १०, लंकहवा टोल, नवलपरासी, प्रदेश ५
शिक्षा : बि. ई. कम्प्युटर, काठमाडौं विश्वविद्यालय
अनुभव : सुचना तथा प्रविधि फाटमा नेपाल र भारत गरी लगभग ९ वर्षको अनुभव ।
हाल : संस्थापक, सफल गाँउ कृषि फार्म, रामग्राम १०, लंकहवा, नवलपरासी, स्थापना : जेठ २०७५, उत्पादन : दुध, माछा, जैविक तरकारी।
कृषिमा अत्यन्त रुची रहेको तर समय अनुसार नेपालको कृषि क्षेत्रले विकास र उपलब्धी कायम गर्न नसकेकोले सुचना र प्रविधिलाई कृषि सगैं समेटी आफु र अधिराज्य भरिका कृषकहरुलाई लाभ पुर्याउन कृषि क्षेत्रमा हृदय देखि लागेको ।

सानोठिमी, भक्तपुरमा प्रमाण पत्र ग्रहण पछि तत्कालिन युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय युवा परिषद्को टिम संग।